मिसेस हिमालयन नेपालको उपाधि सुशिला तामाङलाई
काठमाडौँ– मिसेस हिमालयन नेपाल २०२२ को उपाधि हेटौडाकी सुशिला थिङ तामाङले जितेकी छन् ।
हिमालयन मुभिज द्वारा आयोजित राजधानीमा सम्पन्न प्रतियोगितामा दिया चन्द ठकुरी फस्ट रनर अफ र शान्ति बस्नेत सेकेन्ड रनर अफ घोषित भइन् । त्यसै बेस्ट पर्सनालिटी दिया चन्द ठकुरी, मोस्ट एट्राक्टीभ काजल भित्राकोटी, बेस्ट डिसीप्लिन शान्ति बस्नेत, मोस्ट कन्फीडेन्ट सुशिला थिङ तामाङ, बेस्ट फोटोजेनिक तारा शाही लिम्बु, मोस्ट डिलिजेन्ट कमला कार्की राजबाहक, बेस्ट स्माईल बबी कार्की, मोस्ट पपुलर सुशिला थिङ तामाङ, पब्लिक च्वाइस भिडियो अवार्ड दिया चन्द ठकुरी ले हात पार्न सफल भएका छन् ।
बेस्ट फेसन कोरियोग्राफर २०२१ को अवार्ड विजेता फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफिमा सम्पन्न सो कार्यव्रmम विवाहित महिलाहरुको क्षमता र प्रतिभा प्रस्फुटन गराउनुको साथै समाजमा महिलाहरुको नेतृत्वदायी भुमिका स्थापित गराउने उद्देश्य लिएको आयोजक पक्षले जनाएको छ ।
कार्यव्रmममा आकर्षक नृत्यहरू समेत प्रस्तुत गरिएको थियो । साथै प्रायोजकहरूका विविध उपहारहरु दर्शकहरु सँग रमाइलो प्रश्नोत्तर गरी विजेताहरूलाई वितरण समेत गरिएको थियो ।
कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता विशाल विष्ट, फेसन डिजाइनर शुक्नीता चौलागाई, मिस नेपाल आइडल निमा लमु शेर्पा, मिसेस नोबेल नेपाल सर्मीला थापा, मिस्टर मोडल अफ द वल्र्ड मिलेनियम तण्डुकार रहेका थिए । स्टुडियो कुबेरको फोटोग्राफि भिडियोग्राफी रहेको कार्यक्रमलाई लाइफ ओके टिभिले प्रसारण गरेको थियो भने कार्यक्रमको सञ्चालन नायक तथा मोडेल दिक्पाल कार्कीले गरेका थिए ।