Nic Ad Nic Ad
Nic Ad Nic Ad

हिंसा र यौनले आदिम मानवको नीयान्डर्टाल प्रजातिलाई सिद्ध्यायो !

अध्ययनमा सुझाएको सिद्धान्त के हो भने सबै यौन सम्बन्धहरू एक आपसबीच सहमति भएर गरिएको नहुन पनि सक्छ।
आइतबार, पुस ३, २०७९

बीबीसी– होमो सेपिअन्ससँगको प्रजनन सम्बन्धका कारण नीयान्डर्टाल प्रजाति लोप भएको हुनसक्ने एउटा नयाँ अध्ययनले देखाएको छ।

 

प्यालियो एन्थ्रोपोलोजीु मा छापिएको एउटा नयाँ अध्ययन अनुसार नीयान्डर्टाल र होमो सेपिअन्सबीच यौन सम्पर्क र प्रजननका कारण नीयान्डर्टाल प्रजातिको सङ्ख्या क्रमश कम हुँदै गएर लोप भएको हुनसक्छ।

 

वैज्ञानिक डा लुसिल क्रेटले बीबीसीलाई भनिन्, 'हामीले लामो समयदेखि होमोसेपिअन्स र नीयान्डर्टालबीच विभिन्न स्रोतमा पहुँचका लागि तीव्र प्रतिस्पर्धा हुने गरेको सिद्धान्त पढ्दै आएका हौँ।' तर डा क्रीटले लन्डनस्थित न्याचुरल हिस्ट्री म्युजियमका प्रोफेसर क्रिश स्ट्रिङ्गरसँग सहलेखन गरेको नयाँ अध्ययनका अनुसार हिंसाका कारण नभई प्रजनन हुँदा नीयान्डर्टालको जीन पुलु कमजोर हुँदै गएपछि त्यस्तो अवस्था आएको हो।

'हामी के प्रस्ताव गर्छौँ भने यदि उनीहरू होमो सेपिअन्ससँग नियमित रूपमा प्रजनन गर्ने गर्थे भने त्यसैका कारण उनीहरूको जनसङ्ख्या समाप्त हुन अवस्था आयो' प्रोफेसर स्ट्रिङ्गरले अध्ययन छापिएपछि भने।

 

नीयान्डर्टालको डीएनए अहिले जीवित हरेक मानिसमा पाइन्छ। यो अफ्रिकी मूलका मानिसमा पनि पाइन्छ जो नीयान्डर्टालसँग कहिल्यै पनि प्रत्यक्ष सम्पर्कमा आएका थिए भन्ने ठानिँदैन।

 

करिब ६ लाख वर्ष अघि नीयान्डर्टाल र होमो सेपिअन्सहरू एक अर्काबाट टाढिँदै संसारका विभिन्न क्षेत्रमा पुगेका थिए। होमो सेपिअन्सहरू अफ्रिकामा विकसित हुँदै गए जबकि नीयान्डर्टालहरू युरोप र एसियामा विकसित हुँदै गए। डा क्रीटको भनाइ छ 'पछिल्ला अन्वेषणहरूका अनुसार होमो सेपिअन्सहरू युरोपमा ५० हजारदेखि ६० हजार वर्ष पहिले थिए जसको अर्थ हुन्छ होमो सेपिअन्सहरू नीयान्डर्टालहरू सँगसँगै थिए र हामीले सोचेभन्दा बढी लामो समयसम्म त्यहाँ रहेका थिए। 


होमो सेपिअन्स र नीयान्डर्टालबीच प्रजनन भयो भन्ने कसरी थाहा हुन्छ ?


नीयान्डर्टालहरूको जीनोम होमो सेपिअन्सको जिनोममा फेला परेका छन् तर होमो सेपिअन्सको जीनोममा नीयान्डर्टालको जीनोम फेला नपरेको अध्ययनले भनेको छ।

 

क्रिट भन्छन् त्यहाँ जीन एक अर्काबीच साटिएको देखिन्छ तर एकतर्फी मात्रै। हामीलाई पहिले नै थाहा छ कि यी दुई प्रजातिबीच प्रजनन सम्बन्ध भएको थियो । यदि तपाईँ अफ्रिकाबाहिर जन्मनुभएको भए तपाईँको जीनोमको करिब २५ नीयान्डर्टालबाट आएको हो। तर, डा.क्रिट डा स्ट्रिङगरले उनीहरूले ३२ वटा नीयान्डर्टाल जीनोमको थप गहिरो अनुसन्धान गरेका छन्। यी दुई वैज्ञानिकहरूले ती दुई प्रजातिबीचको प्रजनन सफल भयो कि भएन भन्ने खास जोडीमा निर्भर हुने गरेको बताउँछन्।

डा क्रिट भन्छिन्, 'तर त्यसलाई कसरी विश्लेषण गर्ने भन्ने हामीलाई थाहा छैन। त्यो हामीसँग उपलब्ध तथ्याङ्कका कारण हुन सक्छ वा दुई प्रजातिबीचको प्रजनन काम गरेका कारण हुन सक्छ। 'पन्छी र स्तनधारीका केही प्रजातिमा पनि वर्ण शङ्कर दुईतर्फी रूपमा काम गर्दैनस् त्यस्तो प्रजननमा बच्चा जन्मिहाले पनि त्यो बच्चाले थप बच्चा जन्माउन मुस्किल हुन पनि सक्छ।'

उनले भविष्यमा नीयान्डर्टालका थप अवशेषहरू फेला पर्न सक्ने र थप विश्लेषण हुने आशा रहेको बताइन्। 'हामीले जति धेरै जीनोम सिक्वेन्सिङ र विश्लेषण गर्न सक्छौँ हामीले अहिलेसम्म प्रतिपादित सिद्धान्तहरू परीक्षण गर्न सक्नेछौँ।'


यौन जम्काभेटहरू

डा क्रीट र डा स्ट्रिङ्गरले उनीहरूको अध्ययनमा सुझाएको सिद्धान्त के हो भने सबै यौन सम्बन्धहरू एक आपसबीच सहमति भएर गरिएको नहुन पनि सक्छ।

 

'होमो सेपिअन्सहरू महिलाहरू खोज्दै हिँडेको हुन सक्छ र अथवा नीयान्डर्टालहरूले त्यसो गरेको हुन सक्छ र त्यस्तो क्रममा शक्तिको प्रयोग भएको हुन सक्छ,' डा क्रीटले भनिन्। त्यस्तो व्यवहार केही चिम्पान्जीहरूमा पनि देखिएको उनी बताउँछिन्। 'यदि पुरुषहरूलाई यौन सम्पर्क गर्नका लागि आफ्नो समूहमा महिला फेला नपरे उनीहरू अर्को समूहबाट महिला चोर्छन् र सङ्ख्या बढाउँदै लग्छन्।' तर, त्यस्तो जम्काभेटबारे अहिले निकै कम मात्र जानकारी छ।

वैज्ञानिकहरूको विश्वास छ कि नीयान्डर्टाल र होमो सेपिअन्सबीच कुराकानी गर्न सजिलो थिएन किनभने ती दुई एक अर्कामा निकै पृथक् थिए। 'उनीहरूले एकै प्रकारका आवाज निकाल्न सक्दैनथे होलान् उनीहरूले उही प्रकारको कुराकानी गरेर बुझाउन सक्ने भाषा थिएन होला किनभने उनीहरूको मस्तिष्क फरक फरक किसिमले काम गर्थ्यो,' डा. क्रीट बताउँछिन्।

उनीहरूको शारीरिक बनोट पनि फरक थियो।

'नीयान्डर्टालहरू निकै बलिया थिए छोटा खुट्टा र हातहरू थिए र आँखीभौँ पनि निकै फरक खालको थियो ,' डा. क्रीट बताउँछिन्। तर, अहिलेसम्म पुरुष र महिला नीयान्डर्टालहरू कसरी पृथक् थिए भन्ने प्रस्ट भइसकेको छैन।

 

कङ्कालहरू धेरैजसो टुक्रा टाक्री मात्र पाइने भएकाले र हामीसँग धेरै पुठोको भाग नरहेकाले ती दुईबीचको फरकपनबारे बोल्न सकिने स्थिति छैन। धेरै कुरा थाहा नभएको स्थिति भए पनि डा क्रीट भविष्यमा हुनसक्ने सम्भावित अन्वेषणबाट रोमाञ्चित छन्।

 

क्रिटले भनिन् नयाँ नयाँ उपायले हामीले यस अघि कल्पना नै नगरेका कुराहरू पत्ता लगाउन सम्भव भएको छ। कहिलेकाहीँ लाग्छ यो त असाध्यै विशाल 'पजलु' हो। नयाँ अन्वेषणहरू हुँदै जाँदा त्यो 'पजलु' झन् झन् ठूलो भएको छ र हामीले सोच्ने तरिका परिवर्तन गराइदिएको छ। यो आलेख पेट्रा जिभिकले बीबीसीमा लेखेकी हुन् ।

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्