Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिस्ट

सोमबार, पुस ४, २०७९

काठमाडौँ । ओभेरियन सिस्ट बेलुनको फोका जस्तै हुन्छ । त्यसमा अर्धतरल जेलि भरिएको हुन्छ । डिम्बासयमा डिम्ब विकसित हुने क्रममा कहिले काहीँ सिस्ट बन्ने गर्छ । सिस्टको आकार सानोमा केराउ जस्तो र ठूलोमा सुन्तला जस्तो हुन्छ । प्रायजसो सिस्ट बेनाइन हुन्छ जसले क्यान्सर गराउँदैन । 


तर ५ प्रतिशत सिस्ट मेलिग्नेन्ट हुन्छ जसले क्यान्सर गराउने सम्भावना रहन्छ । कुनै पनि उमेरका महिलामा यो समस्या देखिन सकिने भए तापनि धेरैजसो प्रजनन् क्षमता उच्च रहने उमेर (२०–३५) मा यो समस्या देखिने गर्दछ । औषधीको साथै दैनिक भोजनमा सुधार आराम व्यायाम आदिमा ध्यान पु¥याएर यसको उपचारलाई सहज बनाउन सकिन्छ ।


– शरीरको तौल बढी (मोटोपना) भएका महिलाहरुमा यो समस्या देखिने हुँदा तौललाई सामान्य राख्नुपर्दछ । (हेर्नहोला मोटोपना पेज ३०३ मा)
– दैनिक भोजनमा बोसोयुक्त खाना कम गरी रेशायुक्त खानाहरु खानुपर्दछ ।
– यसले इस्ट्रोलिन हर्माेनको मात्रा अचानक वृद्धि हुनबाट रोक्छ ।
– रेशायुक्त भोजन भन्नाले हरिया सागपात, तरकारी, तरकारी, फलफूल, चोकर सहितको आँटा, ब्राउनराइस, आदि हुन् ।
– विरुवाहरुबाट प्राप्त हुने इस्टोजिन (फाइटोइस्ट्रोजिन) युक्त भोजन जस्तै भटमास, दालहरुको सेवनले यसको उपचारमा मद्दत गर्छ ।
– ओमेगा ३ युक्त भोजन (माछा, जैतुनको तेल, ओखर, आलस आदि) यो समस्यामा लाभदायक मानिन्छ ।
– मल्टिभिटामिन र मल्टिमिनरल्सको सप्लिमेन्टको प्रयोगले पनि यसमा लाभ प्रदान गर्छ ।
– म्याग्नेसियमको सप्लिमेन्ट वा म्याग्नेसियमका श्रोतहरु लाई भोजनमा समावेश गराउनु लाभदायक मानिन्छ ।
– काँचो आलुको रस १–२ कप दैनिक पिउनु प्रभावकारी मानिन्छ ।


साभार : ‘एकसे एक उपचार’ पुस्तकबाट

 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  ०८:२०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार