नेभिगेशन
सुरक्षा–अपराध

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते

कञ्चनपुर । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । 


इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार म २ प ६१८९ नम्बरको स्कुटरलाई सुपप्र ०१००८ प १५८७ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्दा से २ प ८२० नम्ब– ८ बेलडाँडीका अन्दाजी २६ वर्षीय कृष्णसिंह साउँदको मृत्यु भएको छ।

 
दुर्घटनामा परी घाइते भएका साउदलाई प्रहरीको सहयोगमा कैलालीको माया मेट्रो अस्पतालमा उपचारका लागि पु¥याउँदै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले बताए। ट्र्याक्टरमा सवार कैलालीको घोडाघोडी नगरपालिका पहलमानपुरका चार जना महिला र स्कुटर चालक वेदकोट नगरपालिका–३ का कोमलबहादुर सिंह घाइते भएका छन्। घाइतेको कृष्णपुरस्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।
 

घाइते पाँचै जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ रहेको छ। ट्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ