Nic Ad Nic Ad
Nic Ad Nic Ad

खाडीका यी देशका जेलमा छन् ७३५ नेपाली

सोमबार, पुस ४, २०७९

काठमाडौं । ७३५ जना नेपालीहरु अहिले विभिन्न देशको रहेको सरकारी तथ्यांकले देखाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ का अनुसार ७३५ नेपाली विभिन्न जेलमा रहेका छन् ।


वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका ७३५ नेपाली जेलमा रहेको मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमा ६९६ पुरुष र ३९ जना महिला छन्। 

सन् २०२१-०२२ मा सबैभन्दा बढी ३४७ जना पुरुष र २४ जना महिला गरी ३७१ जना यूएईको जेलमा रहेका छन्। त्यस्तै साउदी अरेबियाको जेलमा १२७ जना पुरूष र १ जना महिला गरेर १२८ जना छन् । मलेसियाको जेलमा ९६ जना पुरुष र २ जना महिला गरी ९८ जना रहेका छन् । 

आर्थिक वर्ष २०२०-०२१ मा १७० जना पुरुष मलेसियाको जेलमा रहेका थिए। भने १३४ जना पुरुष र ५ जना महिला गरी १३९ जना युएईको जेलमा थिए। उक्त तथ्यांकलाई हेर्दा २०२०-०२१ को तुलनामा २०२१-०२२ मा यूएईको जेलमा नेपालीको संख्या बढेको छ भने मलेसियामा घटेको छ ।

 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्