Nic Ad Nic Ad
Nic Ad Nic Ad

साताको दोस्रो दिन नेप्सेमा सामान्य सुधार, सवा अर्बमा खुम्चियो कारोबार रकम

सोमबार, पुस ४, २०७९

काठमाडौँ– साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से ३.८३ अंक ले वृद्धि भएको छ । आइतबार २७ अंकको उच्च गिरावट भएको सेयर बजार सोमबार भने सामान्य अंकले बढेर  १८५८.८९ अंकमा बन्द भएको हो।

 

नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकम भने घटेको छ । आइतबार नेप्सेमा गिरावटका बाबजुत १ अर्ब १५ करोडको कारोबार भएको बजारमा सोमबार भने कारोबार रकम घटेको हो । सोमबार नेप्सेमा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच हुँदा ८८ करोड ६० लाख ९८ हजारको कारोबार भएको छ ।

 

अधिकांश उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ, हाइड्रोपावर, लघुवित्त र व्यापार उपसूचकमा गिरावट भएको छ । बैंकिङ उपसूचक ०.०३ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.०५ प्रतिशत तथा लघुवित्त उपसूचक ०.३२ प्रतिशत तथा व्यापार उपसूचक ०.०५ प्रतिशतले गिरावट भएको छ । यता अन्य उपसूचक सर्वाधिक १.९५ प्रतिशतले वृद्धि भएको छ ।

 

सोमबार बजारमा कारोबार भएकामध्ये प्राइम कमर्सियल बैंकको सर्वाधिक ६ करोड ९३ लाख ४३ हजारको कारोबार हुँदा फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ५ करोड ४९ लाख ४३ हजार र हिमालयन डिस्टिलरीको ४ करोड २७ लाख ९० हजारको कारोबार भएको छ ।

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १५:४५
प्रतिक्रिया दिनुहोस्