नेभिगेशन
सुरक्षा–अपराध

आठ जिल्लाका प्रहरी प्रमुखसहित २३ प्रहरी उपरीक्षकको सरुवा

काठमाडौँः प्रहरी प्रधान कार्यालयले २३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ। सरुवामा ८ जिल्लाका प्रहरी प्रमुखसमेत फेरिएका छन्।

 

सोमबार (आज) गरेको सरुवा सूचीअनुसार झापामा एसपी दुर्गाराज रेग्मी, पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, सिन्धुलीमा राजकुमार सिलवाल, बाँकेमा सन्तोषसिंह राठौर, सुर्खेतमा योगेन्द्रसिंह थापा र कैलालीमा देवेन्द्रबहादुर पाललाई काज सरुवामा पठाइएको हो । 

 

प्रहरी प्रधान कार्यालयका अनुसार एक वर्ष अवधि पुगेका एसपीहरूको नियमित सरुवा गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ