Nic Ad Nic Ad
Nic Ad Nic Ad

राज्यको प्रष्ट उद्योगमैत्री नीति नहुँदा औद्योगिक क्षेत्रका उद्योगहरु चल्न सकेनन्ः उपाध्यक्ष श्रेष्ठ

सोमबार, पुस ४, २०७९

काठमाडौं– औद्योगिक क्षेत्र महासंघले औद्योगिक क्षेत्रभित्र भएका उद्योगमा गरेको भाडा वृद्धि तत्काल खारेज गर्न राखेको मागलाई नेपाल उद्योग वाणिज्य महासंघले समर्थन गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २०७१ सालमा ८०० प्रतिशतले औद्योगिक क्षेत्रभित्र भएका उद्योगमा गरेको भाडा वृद्धि तत्काल खारेज गर्नुपर्ने मागलाई वाणिज्य महासंघले समर्थन गरेको हो । 

 

महासंघले औद्योगिक क्षेत्र व्यवस्थापनको जिम्मा गुठिका आधारमा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगलाई नै दिन समेत माग गरेको छ । आईतवार औद्योगिक क्षेत्र उद्योग महासंघको पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकतर्फी रुपमा गरेको भाडा वृद्धिको निर्णय तत्काल फिर्ता गर्नुपर्ने बताए । उनले औद्योगिक क्षेत्र स्थापनादेखि सञ्चालनमा रहेको औद्योगिक क्षेत्रका उद्योगहरु भाडा वृद्धि लगायतको कारण चल्न नसक्नु राज्यकोे उद्योगमैत्री स्पष्ट नीति नहुनु रहेको बताए । उपाध्यक्ष श्रेष्ठले सरकारले उद्योग–उद्योग भनेर कराएर मात्रै बस्ने की उद्योगमैत्री वातावरण बनाउने ? भन्दै प्रश्न गरे ।

 

उनले सरकारले भारत र चीनमा जस्तै उद्योग सञ्चालनको लागि ५० वर्षको लागि सहुलियत दरमा जग्गा भाडामा दिने व्यवस्था गर्नुपर्ने बताए । उनले औद्योगिक क्षेत्रहरु औद्योगिक व्यवस्थापन लिमिटेडलाई नभएर औद्योगिक  क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरुलाई गुठीको आधारमा व्यवस्थापन गर्न दिँदा व्यवस्थापन लिमिटेडको भन्दा राम्रो व्यवस्थापन गर्न सक्ने बताए ।

 

उनले औद्योगिक क्षेत्र व्यवस्थापनले गरेको बाहिरी सबै खर्च उद्योगीहरुको टाउकोमा राखेर मनलाग्दी भाडा वृद्धि गर्न नपाउने बताए । उपाध्यक्ष श्रेष्ठले सरकारले जग्गा भाडा ऐन बनाउन नसक्दा भाडामा बस्नेहरुको लागि समस्या भएको बताए । उनले भाडा ऐन नहुँदा भाडामा बसेर व्यवसाय गर्नेहरुले सधैँ त्रासमा बस्नुपर्ने अवस्था रहेको बताए । उहाँले भन्नुभयो, ‘औद्योगिक क्षेत्र भनेर सञ्चालन भइरहेका औद्योगिक क्षेत्रका उद्योगहरु अहिले उद्योग चलाउन नसकेर भाडाका विषयमा कराएर बस्नुपर्ने अवस्था आएको छ । राज्यलाई म प्रश्न गर्न चाहन्छु ।’

 

उनले उद्योगलाई चाहिने जग्गाका बिषयमा भाडामा दिनुपर्ने बताए । ‘सरकार उद्योग–उद्योग भनेर नकराउनुस् । सरकारले कराएर मात्रै हुदैन काम गरेर देखाउनुपर्छ । उद्योग क्षेत्रलाई चाहिने जग्गा जमिनका विषयमा भारत र चीनमा ५० वर्षका लागि भाडामा दिइन्छ । त्यसरी नै नेपाली उद्योगलाई भाडामा दिनुस् । अहिले भइरहेको अद्यौगिक क्षेत्रहरु औद्योगिक व्यवस्थापन लिमिटेडलाई नभएर औद्योगिक  क्षेत्रमा सञ्चालनमा रहेको उद्योगहरुलाई गुठीको आधारमा व्यवस्थापन गर्न दिनुस् । अहिले औद्योगिक व्यवस्थापनले भन्दा राम्रो चलाउन सकेन भने प्रश्न गर्नुस् । अहिले औद्योगिक क्षेत्र व्यवस्थापनले जति खर्च गर्छ । त्यसको सबै खर्च हाम्रो टाउकोमा राखेको अवस्था छ । 

 

अहिले नेपालमा जग्गा भाडा ऐनको अभावको कारणले गर्दा भाडामा बस्नेहरुको लागि समस्या भएको छ । भाडामा बसेर व्यवसाय गर्नेहरुले भोलि के हुन्छ भनेर डराउँदै बसेर काम गर्नुपर्ने अवस्था छ । सरकारले औद्योगिक क्षेत्र विकास गर्ने भए जग्गा सबै भन्दा ठूलो फ्याक्टर हो । त्यसमा सरकारले जति सक्दो सहुलियतमा जग्गामा भाडामा उपलब्ध गराउनुपर्छ । त्यसपछि मात्रै उद्योगबाट उत्पादन हुने वस्तुको उत्पादन लागत कम हुन्छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सकिन्छ ।

 

औद्योगिक क्षेत्र व्यवस्थापनले एकतर्फी रुपमा कार्यान्वयन गर्न लागेको भाडा वृद्धि गर्ने निर्णयको बिरोध महासंघले गर्छ । हामी समर्थन गर्न चाहन्छौं । निजी क्षेत्र र उद्योग मन्त्रालय छलफल गरेर औद्योगिक क्षेत्रमा भएका उद्योग गुठीको आधारमा सञ्चालन गराउन माग गर्दछु ।’

 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्