Nic Ad Nic Ad
Nic Ad Nic Ad

शेखर र गगनको कुरा मिलेन, मिलेरै अघि बढ्न सुझाव

सोमबार बिहानै देखि दलको नेताको उम्मेदवार चयन गर्नेबारे गुटका नेताहरू चरणवद्ध छलफलमा जुटेका थिए
सोमबार, पुस ४, २०७९

काठमाडौँ — नेपाली कांग्रेस नेता शेखर कोइराला–महामन्त्री गगन थापा समूहको बैठक बिना निष्कर्ष टुंगिएको छ ।  संसदीय दलको नेताको उम्मेदवार छान्न बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि अन्य नेतहरुले निष्कर्षमा पुग्न रातभरिको समय दिएका छन् ।


कांग्रेस नेताहरूले कोइराला र महामन्त्री गगन थापालाई मिलेर दुईमध्ये को उम्मेदवार बन्ने भन्ने निष्कर्षमा पुग्न सुझाव दिएका छन् । सोमबार बिहानै देखि दलको नेताको उम्मेदवार चयन गर्नेबारे गुटका नेताहरू चरणवद्ध छलफलमा जुटेका थिए । साँझ नेता कोइराला र महामन्त्री थापासहित बसेको शीर्ष नेताहरूको बैठकमा अधिकांश नेताहरूले दुई नेतालाई मिलेर अघि बढ्न सुझाव दिएका हुन् ।

 

सहमहामन्त्री जीवन परियारले बैठकमा रातभरिको समय छ, तपाईहरू छलफल गर्नुहोस्, मिलेर अगाडि आउनुस्, दुईमध्ये एक जना उम्मेदवार बन्दा टिमको लागि सबैभन्दा राम्रो हुन्छ भन्ने सुझावसहित बैठक सकिएको बताए । उनले भने, ‘अहिले छलफल सकियो, हामीले उहाँहरू दुवै जनाका कुरा सुनेपछि आफ्ना सुझावहरू राख्यौँ, सबै नेताहरूले यो वा त्यो नभनेर मिलेर जानुपर्छ, एकल उम्मेदवार उठाउनुपर्छ ।’

 

उनकाअनुसार त्यसबारे मंगलबार विहान ८ बजे पुनः छलफल हुनेछ । निर्वाचन समितिले उम्मेदवारी दर्ताकालागि दिउँसो २ देखि ३ बजेसम्मको समय निर्धारण गरेको छ ।

 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १९:२०
प्रतिक्रिया दिनुहोस्