इलामका पत्रकार राम योङहाङमाथि अभद्र व्यवहार गरिएकोप्रति महासंघद्वारा भत्र्सना
काठमाडौं– इलामका पत्रकार तथा नेपाल पत्रकार महासंघ इलाम शाखाका कोषाध्यक्ष राम योङहाङलाई भिडियो खिचिरहेका बेला प्रहरीले अभद्र व्यवहार गरेकोप्रति महासंघले भत्र्सना गरेको छ । इलामको माङसेबुङ र चलाचुली गाउँपालिका युवाहरुबीच कुटपीट भएपछि मेलमिलाप क्रममा भिडियो खिचिरहेका उनलाई प्रहरीले अभद्र व्यवहार गरेको थियो ।
भिडियो खिच्दै गर्दा ‘भिडियो किन खिचेको’ ? भन्दै गालीगलोज गर्दै मोबाइल खोसेर भिडियो डिलिट गर्न लगाएको घटनाप्रति महासंघको इलाम शाखाले विज्ञप्तीमार्फत खेद व्यक्त गरेको छ । प्रहरीले नागरिकमाथि कारबाही गरेको र भिडियो खिचिरहेका पत्रकारमाथि अभद्र व्यवहार गरिएकोमा घटनाको छानबीन गरी संलग्नलाई कारबाही गर्न शाखाले माग समेत गरेको छ ।
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९ २१:५७
प्रतिक्रिया दिनुहोस्