Nic Ad Nic Ad
Nic Ad Nic Ad

भोजमा भाग लिएको कारण चीनका पूर्व उद्योगमन्त्री बर्खास्त

सोमबार, पुस ४, २०७९

बेइजिङ– चीनको कम्युनिष्ट पार्टीबाट पूर्व उद्योग तथा सूचना प्रविधिमन्त्री सियाओ याछिङलाई बर्खास्त गरिएको छ ।

 

सीपीसी अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको कारण जिओलाई कारबाही गरिएको सीपीसी केन्द्रीय अनुशासन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

शीर्ष एन्टी–ग्राफ्ट एजेन्सीले गरेको अनुसन्धानमा जिओले आफ्नो काममा निष्पक्षतामा सम्झौता हुन सक्ने भोजमा भाग लिएको र अरूबाट ठूलो रकम लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

 

जिओलाई पार्टीबाट निष्कासन गरिएको, पदबाट बर्खास्त, सार्वजनिक हैसियतमा घटुवा गरी अवकाश दिइएको छ ।  रासस/सिन्ह्वा

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  २२:०४
प्रतिक्रिया दिनुहोस्