मातृभूमिप्रति श्रद्धा : एक प्रेरक प्रसङ्ग
काठमाडाैँ - रासबिहारी बोसको नाम कसलाई थाहा छैन । भारतीय स्वतन्त्रता आन्दोलनसँग अनन्य रूपमा जोडिएका रासबिहारी बोस त्यस बेला जापानमा निर्वासित जीवन बिताइरहेका थिए ।
जापानमा दक्षिण पश्चिम तिर मुख फर्काएर सुत्नुलाई राम्रो मानिँदैनथ्यो । तर रासविहार बोस जति दिन जापानमा बसे, सदा दक्षिण पश्चिम दिशामा मुख फर्काएर सुते । जब उनको एक जापानी साथीले उनलाई यसको कारण सोधे तब उनले जवाफ दिए, साथी ! तिम्रो देशको दक्षिण पश्चिम दिशामा नै मेरो मातृभूमि भारत छ ।
यो दिशामा मुख फर्काएर सुत्दा मलाई रातभरि आफ्नी आमाको काखमा सुतेझैँ लाग्छ । ब्युँझँदा मैले आफ्नी प्यारी मातृभूमिलाई पाउन सक्दिनँ, तर सुतेको बेलामा पाउँछु ।
उनको कुरा सुनेर सबै साथी मातृभूमिप्रति उनको श्रद्धाको प्रशंसा नगरी बस्न सकेनन् ।
साभार ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९ ०८:१९
प्रतिक्रिया दिनुहोस्