नेभिगेशन
समाचार

यौन दुर्व्यवहारको आरोपमा माओवादीले गर्यो केन्द्रीय सदस्य बद्री बजगाईँलाई निलम्बन (विज्ञप्तीसहित)

किशोरीलाई सामाजिक संजाल फेसबुकमार्फत अश्लील म्यासेज पठाएको खुलेको

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईंमाथि लागेको यौन दुर्व्यवहारको आरोपमा पार्टीले निलम्बन गरेको छ । उनले माओवादी केन्द्रकै भ्रातृ संगठन अखिल क्रान्तिकारीमा आवद्ध एक किशोरीलाई सामाजिक संजाल फेसबुकमार्फत अश्लील म्यासेज पठाएको खुलेको छ ।

 

अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला कमिटीमा समेत रहेकी ती किशोरीले आफूमाथि दुर्व्यवहार भएकोबारे सुरुमा संगठन र माओवादी केन्द्रको तल्ला समितिमा निवेदन दिएकी थिइन् । ती किशोरीको निवदेन माओवादी केन्द्रको बागमती प्रदेश समितिसम्म पुगेपछि बागमती प्रदेश समितिकै सिफारिसमा बजगाईंलाई केन्द्रीय समिति सदस्यबाट समेत निलम्बन गरिएको छ ।

 

माओवादी केन्द्रको ३ पुसमा बसेको पदाधिकारीको बैठकले उनलाई केन्द्रीय समितिबाट निलम्बन गर्दै छानबिनको जिम्मा केन्द्रीय अनुशासन आयोगलाई दिएको छ ।

 

‘पार्टीका केन्द्रीय सदस्य बद्री बजगाईंको विषयमा पार्टीकै भ्रातृ संगठन अखिल क्रान्तिकारीमा कार्यरत एकजना महिला कमरेडको निवेदन र सामाजिक सञ्जाल फेसबुकबाट पठाइएका अश्लील म्यासेजहरुको प्रतिलिपिसहित बागमती प्रदेश कार्यालयको सिफारिसका आधारमा निज बद्रीप्रसाद बजगाइँलाई आजकै मितिबाट लागू हुने गरी केन्द्रीय समितिबाट निलम्बन गरिएको छ’ माओवादीको आन्तरिक सर्कुलरमा भनिएको छ, ‘तत् सम्बन्धमा सत्यतथ्य बुझी आवश्यक छानबिन गरी लिखित प्रतिवेदन १० दिनभित्र पेश गर्ने जिम्मेवारी अनुशासन आयोगलाई दिइएको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार