एमालेको संसदीय दलको नेतामा ओली सर्वसम्मत
काठमाडौँ– नेकपा एमालेको संसदीय दलको नेतामा केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । पार्टी अध्यक्ष ओलीलाई उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा निर्विरोध चयन भएको एमाले जनाएको छ ।
आज कमलादीस्थित प्रज्ञा भवनमा बसेको संसदीय दलको बैठक यो निर्णय गरेको एमालेले जनाएको छ । बैठकबाट बाजुरामा अनेरास्ववियुका नेता चेतन ऐडीको हत्यामा संलग्न दोषीमाथि कारवाहीको माग समेत गरेको छ । । बैठकले लोकप्रिय मतमा पहिलो दल बनाएकोमा सम्पूर्ण मतदातालाई धन्यवाद समेत दिएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९ १७:१६
प्रतिक्रिया दिनुहोस्