Nic Ad Nic Ad
Nic Ad Nic Ad

दम रोगी चिसोमा यसरी बच्न सक्छन्

मंगलबार, पुस ५, २०७९

काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसंगै विभिन्न उमेर समुहका मान्छेलाई चिसोको समस्या समेत देखि थालेको छ ।  चिसोका कारण सबैभन्दा बढी असर दम रोगीलाई पर्ने देखिन्छ । दम श्वासप्रश्वास सम्बन्धी रोग भएकाले चिसोमा यो रोगका बिरामीलाई झनै गाह्रो बनाउन सक्छ । चिसोले भाइरल संक्रमण र वायु प्रदूषण दुवै बढ्ने भएकाले दम भएका बिरामीका लागि चिसो जोखिमपूर्ण छ । 


दम श्वासप्रश्वास सम्बन्धी समस्या हो । फोक्सोमा जाने हावाले अवरोध उत्पन्न भई श्वास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने, खोकी लाग्ने समस्यालाई दम रोग भनिन्छ । दम रोगीका लागि चिसो मौसम कत्तिको जोखिमपूर्ण हुने चिकित्सकहरु बताउँछन् । चिसो मौसममा श्वासप्रश्वासको नलीमा भाइरस संक्रमण हुने संभावना हुन्छ । त्यस्तै चिसोमा वायु प्रदूषणको समस्या पनि बढी हुने भएकाले जोखिमपूर्ण हुन्छ ।

 

दमका रोगीहरुले चिसो समयमा बढी खोकी लागे, घ्यार–घ्यार बढी भए, खकार बढी आए, खकारको रंगमा परिवर्तन आए विचार गर्नुपर्छ । चिसो मौसममा बिहान र बेलुकी वायु प्रदूषण बढ्ने भएकाले दम रोगीका लागि समस्या बढाउन सक्छ । दम रोगीले मास्कको अनिवार्य रुपमा प्रयोग गर्नुपर्छ । चिकित्सकले दिएका औषधिहरु नियमित रुपमा खानुपर्छ । साथै चिसोमा एक पटक चिकित्सकलाई परामर्शका लागि भेट्नुपर्छ । हेलचक्र्याई गर्दा शरीरमा अक्सिजनको मात्रा कमी हुन्छ । र छातिको संक्रमण बढ्न गए बिरामीको मृत्युसमेत हुनसक्छ ।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्