Nic Ad Nic Ad
Nic Ad Nic Ad

फिजीमा गठबन्धन सरकार गठन हुँदै

विपक्षी गठबन्धनले २९ सिटका साथ नयाँ सरकार बनाउने
मंगलबार, पुस ५, २०७९

सुभा–फिजीमा गठबन्धन सरकार गठन हुने भएको छ ।

 

विपक्षी दल सोसल डेमोक्र्याटिक लिबरल पार्टीले नेशनल फेडरेशन पार्टीको साझेदार पिपल्स एलायन्ससँग मिलेर गठबन्धन सरकार गठन गर्न लागेको हो ।

 

आगामी चार वर्षका लागि गठन हुने गठबन्धन सरकारका निम्ति  सोसल डेमोक्र्याटिक लिबरल पार्टीले  पिपल्स एलायन्स र नेशनल फेडरेशनका नेताहरूसँग बेग्लाबेग्लै वार्ता गरेको छ । गत बुधबार भएको आमनिर्वाचनमा फिजी फस्ट पार्टीले २६, पिपल्स एलायन्सले २१, विपक्षी दल सोसल डेमोक्र्याटिक लिबरल पार्टीले तीन र नेशनल फेडरेशन पार्टीको साझेदार पाँच स्थान जितेको थियो । 

 

फिजीको निर्वाचन प्रणालीअनुसार ५५ सदस्यीय संसद्मा २८ वा सोभन्दा बढी स्थान जित्ने दलले सरकार गठन गर्नसक्ने प्रावधान छ । सन् २०१४ देखि सत्तामा रहेको फिजी फस्ट पार्टीले यो निर्वाचनमा बहुमत हासिल गर्न सकेन । विपक्षी गठबन्धनले २९ सिटका साथ नयाँ सरकार बनाउने छ । –रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्