Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपतिसमक्ष सर्वियाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

मंगलबार, पुस ५, २०७९

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का आवासीय राजदूत तथा संयुक्त गणतन्त्र ताञ्जानिया र गणतन्त्र सर्वियाका गैरआवसीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै समारोहमा संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला शइद मुवारक जरवान अलसामसी, ताञ्जानियाका राजदूत अनिसा कापुफी एमबेगा र सर्वियाका राजदूत सिनिसा पाभिकले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

 

कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको सहभागिता रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १८:४५
प्रतिक्रिया दिनुहोस्