Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय स्वास्थ्य वित्त रणनीति पारित, स्वास्थ्यमा बजेटको १० प्रतिशत लगानी गर्नुपर्ने

मंगलबार, पुस ५, २०७९

काठमाडौँ– सरकारले राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०७९–२०८९ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको संयोजकत्वमा रहेको मन्त्रिपरिषद् सामाजिक समितिले उक्त नीतिहरू पास गरेको हो । 


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समिति बैठकले पारित गरेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिमा स्थास्थ्यमा कुल बजेटको १० प्रतिशत लगानी पु¥याउनु पर्ने उल्लेख छ । 

 

स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीतिमा महिला, बालबालिका, मधसी, दलित, पिछडिएको क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुलाई पनि स्वास्थ्यमा समान अधिकारको विषय उल्लेख गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  २१:४९
प्रतिक्रिया दिनुहोस्