Nic Ad Nic Ad
Nic Ad Nic Ad

गोली प्रहार र लुटपाटमा संलग्नलाई कारबाहीको माग

मंगलबार, पुस ५, २०७९

कैलाली– कैलालीका सुनचाँदी व्यवसायी सङ्घले अत्तरियामा मोटरसाइकलमा आएका हतियारधारी समूहले सुनचाँदी व्यवसायीमाथि गरेको गोली प्रहार र लुटपाटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न  माग गरेका छन् ।

 

सङ्घहरुले प्रेस विज्ञप्ति जारी गर्दै यही पुस ३ गते अत्तरियाको पूर्वी रोडस्थित सशस्त्र क्याम्प नजिकै रहेको घोडाघोडी नगरपालिका–१ का २८ वर्षीय सुन व्यवसायी विकास सुनारमाथि भएको गोली प्रहारबाट उनी घाइते भएको र सुनका गरगहना तथा नगद लुटपाट गरिएको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेका हुन् । प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुईजनाको समूहले सुनारमाथि गोली प्रहार गरेको थियो । 

 

गोली प्रहारबाट घाइते सुनारको दाहिने हात र ढाडमा चोट लागेको तथा उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उक्त समूहले करिब ३० तोला सुनका गरगहना ९करिब रु ३० लाख ६६ हजारको धानमाल० र नगद रु दुई लाख लुटपाट गरेको बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  २१:५७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार