मुन्सी प्रेमचन्दका केही अमर वाणीहरू
१) आशा मद हो निराशा मदको उत्तर । मदमा हामी मैदानतर्फ दौडिन्छौँ । सचेत हुँदा हामी घरमा विश्राम गर्दछौँ । आशाले जडतातर्पm लैजान्छ र निराशाले चैतन्यतर्फ । आशाले आँखा छोपिदिन्छ, निराशाले खोलिदिन्छ । आशा सुताउने थपथपी हो, निराशा जगाउने चाबुक ।
२) सङ्कटमाथि विजय प्राप्त गर्नु पुरुषार्थ मानिसको काम अवश्य हो तर सङ्कटको सृष्टि गर्नु, अनायास पैतलामा काँढा गोब्नु कुनै बुद्धिमानी होइन ।
३) म तिनलाई धूर्त र पाखण्डी ठान्दछु जो आफ्नो सम्पत्ति भोग्दै समताको हवाला दिँदै हिँड्छन् । मलाई बुझ्न गाह्रो हुन्छ कि साम्यवादको पुजारी बनेर ती कुन अनुहार लिएर ठुलो दरबारमा बस्दछन्, मोटबोटमा जलक्रिडा गर्दछन् र सांसारिक सुखको उपभोग हृदय खोलेर गर्दछन् ।
४) आफ्नो कोठाबाट कार्पेट हटाउनु र सादा कपडा लगाउनु मात्रै साम्यवाद होइन । यो त निर्लज्ज धूर्तता र खुला पाखण्ड हो । आफ्नो भान्साको उब्रेको टुक्रा गरिबका सामुन्ने फालिदिनु साम्यवादलाई माझैमुख जिस्काउनु हो र उसलाई बदनाम गर्नु हो ।
५) विचार र व्यवहारमा सामानजस्य नहुनु नै धूर्तता हो, गद्दारी हो ।
६) आफ्नै घरमा जसले सुधार गर्न सक्दैन उसले अरुलाई सुधार्ने चेष्टा गर्नु ठुलो धूर्तता हो ।
७) धूर्तता त निर्बलको हतियार हो । बलशाली कहिल्यै नीचता गर्दैन ।
८) प्रेम जति वास्तविक र हार्दिक हुन्छ त्यति नै बढी कोमल हुन्छ र अवहेलनाको एक मात्र चोट पनि सहन सक्दैन ।
साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट