कोल्डड्रिङ्क्स के के मिसाएर बनाइन्छ ?
काठमाडाैँ - थाहा भएकै कुरा हो, सामान्य पिउने पानीको बोतलमा पनि पानी प्रशोधनको प्रविधि र विश्वसनीयताको ग्यारेन्टी उल्लेख गर्नु पर्ने अनिवार्य प्रावधान हुन्छ ।
सचेत उपभोक्ताहरू दालमोठको प्याकेटमा समेत सङ्घटकको स्पष्ट विवरण छ कि छैन भनेर हेर्ने गर्छन् । तर, गजबको कुरा, विश्व प्रसिद्ध पेय पदार्थ कोकपेप्सीका सङ्घटक के के हुन्, न पिउनेलाई थाहा हुन्छ न बेच्नेलाई । कम्पनीका उच्च अधिकारीलाई समेत यसको वास्तविक रहस्य थाहा हुँदैन । भनिन्छ, कोकपेप्सी बनाउने फर्मुला टप सेक्रेट (परम गोप्य) भित्र पर्दछ ।
केही साहसी भारतीय अध्येताहरूले यसका वास्तविक सङ्घटकका बारेमा जानकारी लिने गोप्य अध्ययन गरेका थिए । आयुर्वेदज्ञ राजीव दीक्षितले ती साहसी अध्येताहरूको निष्कर्षलाई जस्ताको तस्तै सार्वजनिक गरेका छन् ।
उनका अनुसार यस किसिमको पेय पदार्थमा एक्काइस प्रकारका मन्द हानिकारक केमिकलहरू मिसाइएका हुन्छन् । ती मध्ये प्रमुख घटकको नाम हो— सोडियम मोनो ग्लुटामेट । यो ग्लुटामेटलाई वैज्ञानिकहरू क्यान्सरको कारक मान्छन् ।
त्यस्तै, दोस्रो मुख्य सङ्घ टक पोटासियम सोरबेट हो । यसलाई पनि जानकारहरू क्यान्सर उत्प्रेरक केमिकल भन्छन् । ती अध्येताहरूको गोप्य खोज अनुन्धानले फेला पारेको तेस्रो केमिकल हो— ब्रोमिनेटेड भेजिटेबल ओइल । यसलाई पनि क्यान्सरका रसायन मानिएको छ ।
चौथो घटकको रूपमा मिथाइल बेन्जिनको नाम लिइएको छ र यसलाई मिर्गौलामा आघात पु¥याउने रसायन मानिन्छ । उपरोक्त बाहेक मन्द विष कारक रसायनहरूमा सोडियम बेन्जोइट र इन्डोसल्फानको केही अंश मिश्रित गरिएको हुन्छ । यी प्रमुख सङ्घ टकका अतिरिक्त मन्द गतिमा बेफाइदा गर्ने अरू आठ दश तत्त्व कोकपेप्सीमा पाइएको तथ्य ती अध्येताहरूले उजागर गरेका छन्
साभार ः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट
याे पनि पढ्नुहाेस्
कोल्डड्रिङ्स पिऊँ : हड्डी फुटाऊँ