एलन मस्कले ट्वीटरको सिईओबाट राजीनामा दिने
काठमाडौँ – ट्वीटर खरिद गरेर चर्चामा रहेका एलन मस्क पुनः एक पटक चर्चामा छन् । उनले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सिईओ)को पदबाट राजीनामा दिने घोषणा गरेपछि चर्चामा आएका हुन् ।
यसअघि उनले सिईओ पदमा बस्ने की नबस्ने भन्दै भोटिङ पोल चलाएका थिए । उनको पोलमा ५७ प्रतिशत बढी अलग हुने मत खसेको थियो । उनले उक्त नतिजाको पालना गर्ने बताएका थिए । भोटिङ पोलमा ५७.५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए । हुनु पर्दैन भन्ने पक्षमा ४२.५ प्रतिशत मत परेको थियो । अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि उनले ट्वीट गरेर सीईओ पदबाट राजीनामा दिने बताएका हुन् ।
उनले लेखका छन्, ‘म सीईओ पदबाट छिटोभन्दा छिटो राजीनामा दिनेछु । म केबल सफ्टवेयर र सर्भर चलाउने छु ।’ विश्वका अर्बपति एलन मस्कले टेस्ला र स्पेस एक्स पनि चलाउँछन् ।
I will resign as CEO as soon as I find someone foolish enough to take the job! After that, I will just run the software & servers teams.
— Elon Musk (@elonmusk) December 21, 2022