Nic Ad Nic Ad
Nic Ad Nic Ad

रोचक प्रसङ्ग : हिलो खाने पर्व

बिहीबार, पुस ७, २०७९

काठमाडाैँ -  अचम्म लाग्यो होला नि ! हाम्रो समाजमा पर्वको अवसरमा मिष्टान्न खाइन्छ । तर चीनमा एउटा यस्तो पर्व मनाइन्छ, जसमा जवान, बूढा–बुढी, बालबालिका सबैले हिलो खाने गर्दछन् ।

 

नयाँ वर्ष सुरु भएको १०४ औँ दिन बर्सेनि मनाइँदै आइरहेको यो पर्वको नाम ‘छिवँगमिक’ हो । यसमा सबै आफन्तजन बुद्धको मन्दिर वरिपरि जम्मा हुन्छन् । त्यसपछि ‘आधुनिक चिकित्सा विज्ञानले मानव शरीरलाई हानी पु¥याउने ब्याक्टेरिया, कीटाणु अत्यधिक भएका छन्’ भन्दै हिलो माटो खाने गर्दछन् ।

 

अझ अनौठो कुरा त के छ भने यो पर्व २५ सय वर्ष पुरानो मानिन्छ र यसरी हिलो खाएपछि सबै रोगबाट मुक्ति पाइन्छ भन्ने उनीहरूको विश्वास विश्वास रहेको छ ।


साभार: ‘अनौठा कुरा’ पुस्तकबाट

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  ०७:५०
प्रतिक्रिया दिनुहोस्