चीनमा कोरोना संक्रमण बढेपछि डब्लूएचओले माग्यो संक्रमितको तथ्यांक
काठमाडाैँ - चीनमा कोरोना भाइरसको संक्रमण गत महिनादेखि तीब्र गतिमा फैलिएको अन्तराष्ट्रिय सञ्चारमाध्यम रोयर्टसले रिपोटिङ गदै आएको छ । तर, रोयर्टसको उक्त समाचारमा तथ्य नभएको भन्दै चीन सरकारले अस्वीकार गरिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चिन्ता व्यक्त गरेको छ ।
डब्लूएचओले चीनमा कोरोना संक्रमितका बिरामीले अस्पतालहरू भरिएका जनाएको छ । भने, त्यहाँ सरकारसँग कोरोना संक्रमितको तथ्यांक समेत मागेको छ ।
चिनियाँ अधिकारीहरूले वास्तविक तथ्यांक बाहिर नल्याए पनि अस्पतालका आईसीयू भरिएका जानकारी गराउन डब्लूएचआका इमरजेन्सी चिफ डाक्टर माइकल रायनले आग्रह गरेका छन् ।
चीनमा आईसीयूमा एकदमै कम बिरामी रहेको भनिरहेका छन् । तर वास्तवमा आईसीयू सबै भरिएको छ । यसको जानकारी सार्वजनिक गर्ने डाक्टर रायनले माग गरेका छन् ।
डब्लूएचआका इमरजेन्सी चिफ डाक्टर माइकलले चिन सरकारसँग कोरोना संक्रमितको तथ्यांक मागेपनि बुधबारसम्म चीनमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु तथ्य सार्वजनिक भएको छ ।
चीनमा कोरोना संक्रमित बढेसँगै हालैका दिनमा राजधानी बेइजिङ र अन्य शहरका अस्पतालमा बिरामीहरूको रोयर्टससँग अन्य पश्चिममा मिडियाहरुले औल्याइरहेका छन् ।
चीनले सन २०२० मा कोरोना शून्य पार्ने नीति लिएर कडा प्रतिबन्धहरू लागूको गरेको त्यहाँ सरकारी सञ्चारमाध्यम चिनियाँ रेडियोले बताउँदै आएको छ । चीनले कोरोनाका लगाएको सबै प्रतिबन्धै दुई हप्ताअघि खुकुलो पारिएको थियो ।
प्रतिबन्धहरू हटाइएसँगै संक्रमितको संख्या उच्चदरमा उकालो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । चिनियाँ स्वास्थ्य विभागको तथ्यांकमा कोरोनाका कारण मंगलबार पाँच र सोमबार दुई जनाले ज्यान गुमाएका छन् । चीनका कोरोना संक्रमण बढेका विषयमा त्यहाँको सरकारले भने अहिलेसम्म बोलेको छैन ।