कोरोना संक्रमण बढेपछि भारतले थाल्यो विमानस्थलमै परीक्षण, के गर्दैछ नेपाल ?
काठमाडाैँ - चीनमा कोरोना भाइरसको संक्रमण गत महिनादेखि तीब्र गतिमा फैलिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले रिपोटिङ गदै आएको छ । तर, उक्त समाचारमा तथ्य नभएको भन्दै चीन सरकारले अस्वीकार गरिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चिन्ता व्यक्त गरेको छ ।
चीनमा मात्र होइन पछिल्लो समय एसियासँगै अन्य देशमा पनि कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेको छ । । यसको प्रभाव एसियामा परेको छ । चीनसँग जापान, अमेरिका, दक्षिण कोरिया, ब्रजिल, फ्रान्स र भारतमा समेतमा अचानक कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिएको बिबिसीले डब्लूएचओलाई उद्धत गदै जनाएको छ ।
भारतले भने एसियाका देशमा कोरोनाको संक्रमण बढ्न थालेपनि २१ डिसेम्बर २०२२ अर्थात् बुधबारदेखि अन्य देशबाट भारत भिक्रने नागरिकहरुको विमानस्थलमै कोरोना परीक्षण सुरू गरेको छ । चीनमा ओमिक्रोन सबभेरियन्ट बिएफ–७ भाइरस फैलिएसँगै भारतले कोरोना परिक्षण विमानस्थलमै सुरु गरेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा पनि यही महिनादेखि कोरोना भाइरस दैनिक बढिरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ । भारतमा एक सातामा १२ हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो ।
हाल कोरोना संक्रमण फैलिएका देश चीन, जापान, अमेरिका, दक्षिण कोरिया, ब्रजिल, फ्रान्स र भारतमा धेरै नेपालीहरु बसोबास गदै आएका छन् । भने, यी देश नेपालबाट दैनिक उडान भइरहेको छ ।
तर, नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको आवतजावतमा कोरोना परिक्षण गर्ने तयारी समेत अहिलेसम्म गरिएको छैन । कोरोना भाइरसको संक्रमण कम भएपछि विमानस्थलबाट कोरोना परिक्षण गर्ने डेस्क स्वास्थ्य मन्त्रालयले हटाएको थियो ।
सरकारले कोरोना बढेसँग भारतसँग जोडिएका सबै नाकामा कोरोना परिक्षण गर्ने स्वास्थ्य डेस्क राखेको थियो । त्यो पनि १७ महिना यता हटाएको अध्यागमन विभागले जनाएको छ । नेपालबाट दैनिक २५ वटा अन्तराष्ट्रिय उडान हुँदै गरेका छन् । त्यसमा सोही संख्यामा विदेशबाट उडान भर्ने गरेको विमानस्थलले जनाएको छ ।
कोरोना संक्रमण भएका देशबाट भिक्रिने नागरिकका हकमा भने अनिवार्य कोरोना परिक्षण गरेको प्रमाण भएपछि मात्र उडान भर्ने पाउने व्यस्था भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एसिया र अन्य देशमा कोरोना बढेसँग विमानस्थलमा परिक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.संजय कुुमार ठाकुरले जानकारी दिए । नेपाल भित्रिने यात्रुुले विगतमा जस्तै कोरोना टेष्ट गरेको प्रमाण पेस गर्नुुपर्ने र विमानस्थलमा देखाएपनि मात्र प्रवेश अनुुमति पाउने उनले बताए । सरकारले कोरोना भित्रिन नदिन सबै प्रयास गर्ने विषयमा छलफल समेत गरिरहेको उनको भनाइ छ ।