नेभिगेशन
समाचार

देउवा–प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा बैठक

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ ।

 

बिहीबार संसदीय दलको नेता चुनिएलगतै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका थिए । देउवा र प्रचण्डबीचको छलफलमा पछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सामेल भएका छन् ।

 

 नेताहरुबीच नयाँ सरकार गठन र शक्ति बाँडफाँट लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार