Nic Ad Nic Ad
Nic Ad Nic Ad

दक्षिणी थाइल्याण्डमा भीषण बाढी, उद्धार जारी

बिहीबार, पुस ७, २०७९

बैंकक- व्यापक बाढीले दक्षिणी थाइल्याण्डमा कम्तिमा  दुई लाख परिवारलाई असर गरेको बताइएको छ ।

 

अधिकारीहरूले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सबै प्रभावित क्षेत्रहरूमा बाढी क्रमश सुधारोन्मुख अवस्थामा भएकाले पानीको निकास र पीडितहरूको उद्धार कार्य तीव्र गतिमा अगाडि बढाइएको विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ ।

 

बाढीले छ वटा दक्षिणी प्रदेशका नखोनसी थम्मरात, फत्थलुङ, सोङ्खला, पट्टनी, याला र नराथीवाट लगायात ५७ जिल्लाबाट २ लाख १० हजार ५ सय ५२ घरधुरी प्रभावित भएको डीडीपीएमले जनाएको छ ।

 

बुधबार बाढी प्रभावित क्षेत्रबाट सातवटा शव फेला परेको र दुई जना घाइते पनि भेटिएको विभागले  उल्लेख गरेको छ । थाइल्यान्डको खाडी र दक्षिणी क्षेत्रमा उत्तरपूर्वी मनसुनले प्रभाव पारेपछि आएको बाढीले आइतबारदेखि बुधबारसम्म  भारी वर्षा भएको थियो । उक्त वर्षाले भीषण वाढी र हावाहुरी ल्याउँदा ठूलो  भौतिक क्षति  भएको  छ ।  -रासस/सिन्ह्वा

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  २१:२१
प्रतिक्रिया दिनुहोस्