Nic Ad Nic Ad
Nic Ad Nic Ad

यी हुन् जाडोमा गर्न नहुने ५ काम

शुक्रबार, पुस ८, २०७९

काठमाडाैँ - जाडो मौसममा शरीरमा विभिन्न असरहरू देखा पर्न थाल्छ । यो मौसममा मानिसहरू धेरै खाने, कम परिश्रम गर्ने र धेरै सुत्ने गर्दछन् । साथै यो मौसममा मानिस जान अनजानमा गर्ने केही कामले उनीहरू बिरामी पनि पर्न सक्छन् । यस्तो ती के काम हुन् जो जाडो मौसममा मानिसले गर्नु हुँदैन ।

 

– तातो पानी पिउने
जाडो मौसममा धेरै मानिसले जाडो भगाउन भन्दै अत्यधिक तातो पानी पिउने गर्दछन् । तर जाडो मौसममा अत्यधिक तातो पानी पनि पिउनु हुँदैन । यसले पेटको पाचन प्रणाली बिगार्न सक्छ ।

 

– कम पानी पिउने
जाडोमा मौसममा मानिसलाई कम तिर्खा लाग्छ । त्यसैले मानिस पानी पिउन छाड्छन् । तर जाडोमा शरीरलाई दैनिक २ लिटर भन्दा बढी पानी आवश्यक पर्दछ । अन्यथा डिहाइड्रेसन भई मिर्गौला, अपच र पेट दुख्ने लगायतका समस्या हुन सक्छ ।

 

– धेरै लुगा लगाउने
जाडोबाट बच्न केही मानिस धेरै लुगा लगाउँछन् । तर धेरै लुगा लगाउँदा शरीरमा गर्मी हुन्छ र पसिना आउँछ । पसिनाले शरीरलाई झन् चिसो बनाउँछ । तसर्थ जाडोमा लुगा लगाउँदा मांसपेशीलाई न्यानो पार्ने ज्याकेट वा स्विटर मात्र लगाउनु उत्तम हुन्छ ।

 

– पन्जा/मोजा लगाउने
जाडो मौसममा चिसोबाट बच्न भन्दै केही मानिस जतिखेरै हातमा पन्जा र खुट्टामा मोजा लगाएर बस्छन् । तर यसो गर्नु वातावरणीय परिवर्तन स्वीकार गर्न नसक्नु वा त्यसका लागी शरीरलाई अवरोध गर्नु हो । त्यसैले बाहिर जाँदा भन्दा बाहेक पन्जा र मोजा लगाउनु राम्रो होइन । यसले मुटुबाट जोर्नीमा प्रवाह हुन रक्त सञ्चालनमा प्रभाव पार्दछ । 

 

– अनावश्यक मेकअप गर्ने
जाडोमा शरीरमा एलर्जी, फुस्रोपना तथा छाला सुख्खा हुँदा लोसन तथा क्रिमको प्रयोग गर्ने गरिन्छ । तर एकै किसिमको वा एकै ब्रान्डको सामाग्री सबैको छालाका लागी उपयोगी नहुन सक्छ । र यसले हानी समेत पुर्‍याउन सक्छ । साथै कालान्तरमा शरीरमा विभिन्न रोग समेत निम्त्याउन सक्छ । त्यसैले अनेक थरी क्रिम र लोसनको प्रयोग गर्नुको सट्टा एकै किसिमको र आफ्नो छाला अनुकूलको सौन्दर्य सामाग्रीको प्रयोग गर्ने बानी बसाउनु पर्छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  ०६:३७
प्रतिक्रिया दिनुहोस्