Nic Ad Nic Ad
Nic Ad Nic Ad

ब्याजदर तत्काल नघटाए सरकारले हस्तक्षेप गर्ने

शुक्रबार, पुस ८, २०७९

काठमाडौँ – तत्काल ब्याजदर नघटाए सरकारले हस्तक्षेप गर्न सक्ने सङ्केत गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले बुटवलमा रुपन्देही उद्योग सङ्घको १५ औँ औद्योगिक प्रदर्शन एवम् कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै बैङ्क तथा वित्तीय संस्थालाई गम्भीर हुन आग्रह गर्दै सरकारले हस्तक्षेप गर्न सक्ने सङ्केत गरेका हुन् । 


गृहमन्त्री खाणले बढ्दो ब्याजदर बैङ्क तथा वित्तीय संस्थाले सन्तुलनमा ल्याउन नसके सरकारले नीतिगत हस्तक्षेप गर्नु पर्ने बताए। कोरोना महामारीले थला परेका उद्योगी व्यवसायीलाई अनावश्यक रूपमा बढाइएको ब्याजदरले झन् थला पारेको भन्दै उनले ब्याजदर वृद्धिलाई नियन्त्रण गर्न नीतिगत हस्तक्षेप गर्नुपर्ने अवस्था नल्याउन आग्रह गरेका थिए ।  


बैङ्कको ब्याजदर वृद्धिले उद्योगी र व्यवसायीहरू मारमा परेको बताउँदै उनले त्यसको केही समयपछि झन् ठुलो सङ्कट वित्तीय क्षेत्रले भोग्नुपर्नेतर्फ समेत सचेत गराएका छन्। 

 

पछिल्लो पटक देखिएको आर्थिक मन्दीमा बैङ्क तथा वित्तीय संस्थाहरू अझ बढी गम्भीर र संवेदनशील बन्नुपर्ने बताउँदै उनले उद्योगी र व्यवसायीहरूले ऋण र व्याज तिर्न नसक्ने अवस्था आयो भने त्यसको गम्भीर असर बैङ्क तथा वित्तीय संस्थाहरूलाई पर्नेतर्फ सचेत गराए।

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  ०६:५२
प्रतिक्रिया दिनुहोस्