चार्ल्स शोभराजलाई अध्यागमनको जिम्मा लगाइयो (तस्बिरहरू)
काठमाडौँ – फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइएको छ । हत्या अभियोगमा २० वर्षदेखि कारागारमा रहेका उनलाई आज अध्यागमन विभागको जिम्मा लगाइएको हो ।
सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त भएसँगै उनलाई कारागारबाट अध्यागमन विभाग पुर्याइएको हो । आवश्यक कानुनी प्रक्रिया सकेर उनलाई पुनः नेपाल आउन नपाउने गरी फ्रान्सलाई बुझाइने छ ।
नेपालमा अपराध गरेका विदेशी नागरिकलाई समय तोकेरै नेपाल फर्कन रोक लगाउन सक्ने अधिकार विभागसँग छ । त्यसको प्रयोग गरेर शोभराजलाई अब नेपाल आउनै नपाउने गरी डिपोर्ट गर्न लागिएको हो ।
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९ १३:१४
प्रतिक्रिया दिनुहोस्