Nic Ad Nic Ad
Nic Ad Nic Ad

बैंकर्स स‍ंघको कार्यवाहक अध्यक्षमा सुनिल केसी

शुक्रबार, पुस ८, २०७९

काठमाडौँ– नेपाल बैंकर्स संघको कार्यवाहक अध्यक्षमा एनएमबि बैंकका सिइओ सुनिल केसीले पाएका छन् । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय बैंकर्स संघबाट बाहिरिएसँगै केसीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

 

उपाध्यक्ष रहेका केसीलाई बैंकर्स संघको शुक्रबार बसेको बैठकले कार्यवाहक अध्यक्ष तोकेको हो। कृषि विकास बैंकमा अनिल उपाध्यायको कार्यकाल सकिएकोले बैंकबाट उनी बाहिरिएका छन्। बैंकर्स संघमा वाणिज्य बैंकको सिइओ कायम भएसम्म मात्रै कार्यकारी भुमिकामा बस्न पाइने व्यवस्था छ।

 

उपाध्यायले कृषि विकास बैंक छोडेपछि बैंकर्स संघको अध्यक्षको पद समेत स्वत जाने छ। 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १५:३७
प्रतिक्रिया दिनुहोस्