बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेको राजीनामा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । पाण्डेले आज प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री भएकै अवस्थामा संघीय संसदको शपथग्रहण गरेको विवादमा मुछिएका पाण्डेले आज राजीनामा दिएका हुन् ।
गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पाण्डे धादिङ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । पाण्डेले हिजो संघीय संसदको शपथग्रहण गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९ १६:१७
प्रतिक्रिया दिनुहोस्