मैले लेखेको महाकाव्य लुटियोः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले लेखेको महाकाव्य लुटिएको बताएका छन् ।
आफू पनि साहित्यकार भएको र आफूले लेखेका धेरै रचना चोरी भएको उनको भनाई छ । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा पत्रकार अखण्ड भण्डारीसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनल आफू जेलमा वस्दा महाकाव्य, खण्डकाव्य, निबन्धलगायत कृति लेखे पनि जेलबाटै लुटिएको उनको भनाई छ । ओली १४ वर्षभन्दा बढी समय जेलमा बसेका थिए ।
जेलमा रहँदा चुरोटको खोलमा कविता लेख्ने गरेको र जेलरले त्यो देखेपछि कलम र कापी उपलब्ध गराएको ओलीले सुनाए । त्यसपछि उनले महाकाव्य लेखेको र त्यो सकिनै लाग्दा लुटिएको बताए ।
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९ १६:४१
प्रतिक्रिया दिनुहोस्