चार्ल्स शोभराजलाई ‘डिपोर्ट', १० वर्ष नेपाल आउन नपाइने
काठमाडौँ– १९ वर्षदेखि नेपालमा जेलजीवन बिताएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई नेपालबाट देश निकाला ‘डिपोर्ट’ गरिएको छ । ‘बिकिनी किलर’ भनेर अन्र्तराष्ट्रिय रुपमा चिनिएका उनलाई अध्यागमन विभागले डिपोर्ट गरेको हो ।
विभागका अनुसार, शोभराजलाई पुस ६ मा सर्वोच्च अदालतले कैद सजाय घटाएर रिहा गर्न आदेश गरेको थियो । न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठले उनलाई रिहा गर्न आदेश गरेका हुन् । नेपाल घुम्न आएका क्यानेडियन महिला क्यारियरे लरेन्ट र अमेरिकन नागरिक कोन्नी जो ब्र्रोन्जीचको हत्या आरोपमा उनी दोषी ठहर भएर थुनामा बसेका थिए ।
कतार एयरवेजको साँझ ६ बजेको क्यूआर–६४७ उडान मार्फत उनलाई स्वदेश फिर्ता गरिएको छ । दोहामा शोभराजको ट्रान्जिट हुनेछ । उनको निष्कासित सँगै अब उनी १० वर्ष नेपाल आउन नपाउने भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९ १७:४३
प्रतिक्रिया दिनुहोस्