नेभिगेशन
विज्ञान प्रविधि

बारामा अज्ञात समूहद्वारा भारतीय व्यापारीमाथि गोली प्रहार

घाइते यादवको एलएस न्युरो अस्पतालमा उपचार हुँदै

वीरगञ्ज– बारामा अज्ञात समूहले चलाएको गोली लागेर भारतीय व्यापारी शिवपुजन यादव गम्भीर भएका छन् ।

 

बाराको महागढीमाई नगरपालिकाको भुतही पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले व्यापारी यादवलाई गोली हानेर भागेको प्रत्यक्षदर्शीले बताएका हुन् ।

 

बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार घाइते यादवको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । 

 

घटनाबारे थप विवरण आउन बाँकी रहेको उपरीक्षक बोगटीले जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्