चाणक्यका प्रेरक भनाइ
- ज्ञानभन्दा ठुलो अर्को कुनै गुरु हुँदैन ।
-गुरु, मूर्ख, मित्र र स्वजनहरूसित बुद्धिमान व्यक्तिले व्यर्थ विवाद गर्नुहुँदैन ।
- जो अरूको कल्याणका लागि काम गर्छ, त्यही सत्पुरुष हो ।
- चन्द्रमाले जसरी उज्यालो दिन्छ, त्यसैगरी सज्जनले प्राणिमाथि दया गर्नुपर्छ
-भोको भए पनि बाघले घाँस खाँदैन ।
- अधिक लोभ अधोपतनको कारण हो ।
- आफ्नो इच्छाअनुसारको नियम बनाउने शासक महान् अत्याचारी हो ।
- धनरहित हुँदैमा कसैलाई पनि निर्धन मान्न सकिँदैन ।
- अपमान सहेर बाँच्नुभन्दा पातलैको धुलो उत्तम हुन्छ ।
- सुन्दर रूप, तरुण अवस्था र मधुरता यी तीन रूप नारी जातिको ठुलो बल हो ।
- मानिस असल गुणले उत्तम हुन्छ नकि उच्च आसनमा बसेर, महलको छानामा बस्दैमा काग गरुड बन्छ र ?
- आफ्नी पत्नी, भोजन र धन यी ३ कुरामा सन्तोष मान्नुपर्छ ।
प्रकाशित मिति: शनिबार, पुस ९, २०७९ ०६:३२
प्रतिक्रिया दिनुहोस्