Nic Ad Nic Ad
Nic Ad Nic Ad

वीरगन्ज महानगरपालिकामा ९ हजारको निःशुल्क स्वास्थ्य परीक्षण

शनिबार, पुस ९, २०७९

काठमाडौँ– वीरगन्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा ९ वडाका झन्डै ९ हजार जनाले स्वास्थ्य परीक्षण गराएका छन् । नगरबासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषधिसमेत वितरण हुँदै आएको छ ।

 

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १७ देखि ३२ सम्मका वडामा यो अभियान सञ्चालन हुने र अहिलेसम्म ९ वटा वडाका जनताको घरदैलोमै पुगेको टोलीबाट स्वास्थ्य सेवा लिइसकेको बताए ।   

 

गाडीमै जडान गरिएको प्रयोगशालाबाट आवश्यक स्वास्थ्य परीक्षण गरेर रिपोर्ट दिने गरिएको छ । यसले बजारका अस्पतालमा धाइरहनुपर्ने ग्रामीण क्षेत्रका जनतालाई राहत मिलेको छ । 

 

शिविरमा स्वास्थ्य जाँच गराएकालाई उनीहरूको स्वास्थ्य परीक्षण रिपोर्टको आधारमा विभिन्न ९८ प्रकारका औषधि त्यहीँ उपलब्ध गराउँदै आएको छ । वीरगन्जको वडा ३० लालपर्साबाट गत भदौ २६ गते कार्यक्रम सुरु भएको थियो । आइतबारदेखि पुनः अर्को वडामा यो अभियान सञ्चालन गरिने महानगरका स्वास्थ्य शाखा प्रमुख ऋतेश जयसवालले जानकारी दिए ।

 

अहिलेसम्म ९ वटा वडामा चलेको कार्यक्रममा ५ हजार ५६२ महिला र ३ हजार २१७ पुरुषले स्वास्थ्य जाँच गराएका छन् ।

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  ०६:४७
प्रतिक्रिया दिनुहोस्