दिगो बजारीकरणमा सहयोग गर्न सरकारसँग माग
धनकुटाका किसानले दिगो बजारीकरणमा सहयोग गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले स्थानीय सरकार समक्ष व्यवस्थित र दिगो बजारीकरणका लागि आवश्यक पहल गरिदिनसमेत अनुरोध गरेका छन् ।
बिचौलियाका कारण तरकारी, फलफूल तथा दूध उत्पादक किसानले उत्पादनको लागत नै नपाउने र उपभोक्ताले समेत चर्को मूल्य तिर्नु परिरहेको गुनासो उनीहरूको छ । कृषक तथा हरियो तरकारी व्यवस्थापन समितिका सचिव धनन्जउ चापागाईँले किसानहरूबाट उत्पादित हरियो तरकारी बजार प्रतिस्पर्धी बनाई लगानी अनुसारको उचित मुनाफा प्राप्त गर्न दिगो बजारीकरणको व्यवस्था गरिदिन पनि उनीहरूले सरकार समक्ष माग गरे ।
सामूहिक बजारी करणका लागि संस्थागत संरचना तयार नहुँदा आफूहरू सधैँ ठगिने गरेको हुँदा उत्पादक, आपूर्तिकर्ता र सङ्कलन केन्द्रलाई व्यवस्थित गरी कृषि उपज बिक्रीका विद्यमान समस्या समाधान गर्नका लागि दिगो र संस्थागत संरचना बनाइनु पर्ने माग उनीहरूको छ।