Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकाको टेक्सासमा दूतावासको पैसा लुटियो (विज्ञप्तिसहित)

शनिबार, पुस ९, २०७९

काठमाडौँ  अमेरिकाको टेक्सासमा नेपाली दूतावासको पैसा लुटिएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै  टेक्सास राज्यका ह्युस्टन, अस्टिन र डालास शहरमा कन्सुलर सेवा प्रदान गर्दा नेपालीबाटै उठेको नेपाल सरकारको राजश्वको रकम  लुटिएको जनाएको छ । 

 

डिसेम्बर १५ देखि २० तारिकसम्म टेक्सासका विभिन्न शहरहरुमा अमेरिकावासी नेपालीहरुलाई कन्सुलर सेवा प्रदान गरेपछि सरकारी राजश्वको रकम मनी अर्डर र क्यासियर चेकमार्फत बुझेको दूतावासले जनाएको छ । सो रकम डिसेम्बर २३ का दिन मध्य दिउँसो १२ बजेर ३ मिनेट जाँदा पार्किङमा राखिएको गाडीबाट लुटिएको दूतावासले जनाएको छ।

 

दूतावासका कर्मचारीहरु उत्तम घिमिरे, राधेश्याम दुबे र ह्युस्टनका अर्का एक लोकल स्टाप सो गाडीमा चढेको दूतावासले जनाएको छ । 

 

 

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  ०८:५५
प्रतिक्रिया दिनुहोस्