Nic Ad Nic Ad
Nic Ad Nic Ad

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ हुँदा मारमा किसान

शनिबार, पुस ९, २०७९

काठमाडौँ – उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न ढिलाइ हुँदा किसान मारमा परेका छन् । उखु क्रसिङ सुरु भएको दुई साता बितिसक्दा पनि सरकारले अझै मूल्य निर्धारण गरेको छैन । यसको मारमा उखु उत्पादक किसान परेका छन् । 

 

नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले सरकारले समयमा उखुको मूल्य निर्धारण नगर्दा किसानलाई समस्या परेको बताए। उत्पादनको लागत खर्च बढेकाले हामीले प्रतिक्विन्टल ७०५ रुपियाँ माग गरेका छौँ । उखुको लागत मूल्य बढेको र खेती गर्ने किसान पलायन भइसकेकाले पनि मूल्य बढाउनुपर्छ,” मैनालीले भने। गत वर्ष उद्योगले उखुको प्रतिक्विन्टल ५२० र सरकारले अनुदानबापत ७० गरी ५९० रुपियाँ कायम गरिएको थियो ।

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्षका लागि उखुको समर्थनको प्रतिक्विन्टल ६०४ रुपियाँ प्रस्ताव गरेको छ । निर्वाचनलगायतका कारण उखुको मूल्य निर्धारण गर्न ढिलाइ भएको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  ०९:०६
प्रतिक्रिया दिनुहोस्