महालेखाले एकैपटक गर्याे ४ सय कर्मचारीकाे सरुवा
काठमाडौं- महालेखा नियन्त्रककाे कार्यालयले एकैपटक ठुलाे संख्यामा कर्मचारीकाे सरुवा गरेकाे छ । कार्यालयले बिहबार लेखा समूहका करिब ४ सय कर्मचारीको सरुवा गरेको हाे ।
सरुवा गरिएकामध्ये ४७ जना उपसचिव, ११७ जना शाखा अधिकृत र २२५ लेखापाल छन् । निर्वाचन आचारसंहिता अन्त्य भएसँगै ठूलो संख्यामा कर्मचारीकाे सरुवा भएकाे हाे ।
प्रकाशित मिति: शनिबार, पुस ९, २०७९ १४:०२
प्रतिक्रिया दिनुहोस्