Nic Ad Nic Ad
Nic Ad Nic Ad

फेरि काेराेना फैलिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह

आइतबार, पुस १०, २०७९

काठमाडौं- सरकारले फेरि काेराेना फैलिने चरणमा रहेकाे भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेकाे छ ।

 

छिमेकी मुलुक चीन, भारतलगायत जापान, अमेरिका, अर्जेन्टिना, ब्राजिल, जर्मन र दक्षिण कोरियाजस्ता विश्वका विकसित देशहरूमा संक्रमण फैलिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै थप सतर्कता अपनाउन र स्वास्थ्य मापदण्ड अपनाउन भनेकाे हाे 

 

क्रिसमस र नयाँ वर्षकाे चहलपहलका कारण काेराेना थप फैलिन सक्नेमा मन्त्रालयकाे चिन्ता छ । मन्त्रालयले नेपालको खुला सिमाना र विदेश आवातजावतका कारण संक्रमणको जोखिम रहेको उल्लेख गर्दै विज्ञप्तिमा मास्क लगाउन, भौतिक दुरी कायम गर्न, नियमित साबुनपानी तथा सेनिटाइजरले हात धुन र बुस्टर डोज लगाउन छुटेकाहरूका लागि बुस्टर डोज लगाउनसमेत आग्रह गरेकाे छ ।

 

सीमा नाका तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिने यात्रुको ज्वरो नाप्ने, शंकास्पद व्यक्तिको एन्टिजेन टेस्ट र जिन सिक्वेन्सिङ गर्ने कार्य भइरहेको भन्दै सरकारले १ सातामा एकाएक विश्वका विभिन्न मुलुकमा कोराना संक्रमितको संख्यामा वृद्धि हुँदा नेपालमा पनि यसकाे जाेखिम बढेकाे बताएकाे हाे ।

 

विगतमा भएका कमीकमजोरीलाई सच्याउँदै आमनागरिक, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीलगायत निकायलाई सतर्कता अपनाउन आग्रह गरिएकाे छ ।

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  ०७:०९
प्रतिक्रिया दिनुहोस्