Nic Ad Nic Ad
Nic Ad Nic Ad

चिसो आँधी र हिमपातले अमेरिका र क्यानडामा १९ जनाको मृत्यु

आइतबार, पुस १०, २०७९

काठमाडौँ–अमेरिका र क्यानडामा चिसो आँधीसहितको हिमपातका कारण १९ जनाको मृत्यु भएको छ । अमेरिका र क्यानडामा करिब २५ करोडभन्दा बढी मानिस चिसाको चपेटामा परेका हुन् । क्रिसमसको बेला ऊर्जा आपूर्ति बन्द हुँदा १५ लाख मानिस अन्धकारमा बस्न बाध्य छन् । हजारौं उडानहरु रद्द हुँदा मानिसहरू क्रिसमस मनाउन घर जानबाट बञ्चित भएका छन् ।


आर्टिक उपमहाद्वीपबाट आएको चिसो आँधी टेक्ससदेखि कुबेकसम्म ३२ किलोमिटरको दूरीसम्म पुगेको छ । अमेरिकाका मिनेसोटा, आयोवा, विन्कोन्सिन, मिचिगन, बफेलो र न्युयोर्क लगायतका राज्यहरूमा हिमपातले जताततै सेताम्य अवस्था रहेको र भिजिविलिटी पनि शून्य रहेको जनाइएको छ । त्यस्तै ब्रिटिस कोलम्वियादेखि न्युफाउण्डल्याण्डसम्म चिसोको कहर रहेको छ ।


साउथ ड्याकोटामा रैथाने मानिसहरुले तातोका लागि लुगा बालेको जनाइएको छ । चिसोसँगै तटीय राज्यहरुमा समुद्री आँधी पनि उत्पन्न भइरहेको छ । न्युइङ्ल्याण्ड, न्युयोर्क, न्युजर्सीमा आँधीको प्रभाव देखिएको हो ।


तुलनात्मक रुपमा गर्मी र घाम लाग्ने राज्यहरु लुजियाना, फ्लोरिडा, एलाबामा र जर्जियामा समेत कठ्याङ्ग्रिने चिसो रहेको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्