Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डले देउवालाई ‘सरकार बनाउने अरु पनि विकल्प छन्’ भन्दै धम्क्याएर बाहिरिए

आइतबार, पुस १०, २०७९

काठमाडौँ–केही समयअघि प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएका थिए ।


बालुवाटारमा कांग्रेस सभापति देउवासँग भएको ‘वान टुु वान’ वार्तामा अध्यक्ष प्रचण्डले पहिलो पटक आफूले प्रधानमन्त्री हुने अडान दो¥याएका थिए । देउवाले उनको ठाडै प्रस्ताव अस्वीकार गरे पछि प्रचण्डले पहिला नै वार्ता छाडेर हिंडन लागेका थिए । प्रचण्डलाई देउवाले ‘माधव र झलनाथजी’ आउँदै हुुनुुहुन्छ भनेर रोेकेको कांग्रेसनिकट एक नेताले क्यानडा नेपाललाई जानकारी दिए ।


ती नेताका अनुुसार प्रचण्ड र माधव नेपालले गरेको पछिल्लो प्रस्ताव समेत देउवाले अस्वीकार गरे पछि प्रचण्डले ‘वार्ता रोकौं माधवजी’ भनेका थिए । तर, माधव नेपालले देउवा र प्रचण्डलाई छलफल गर्ने आग्रह गरेको उनको भनाइ छ ।


गठबन्धनको बैठकको सुरु मै प्रचण्ड र नेपालले तीन प्रमुख संवैधानिक पद एक÷एक दलले लिने गरी भागबण्डा गर्न प्रस्ताव गरेका थिए । उनीहरूले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख पद एक÷एक दलले लिने गरी सहमति खोज्न देउवालाई भनेका थिए । तर, देउवाले भने, अहिले यो प्रस्ताव कांग्रेसलाई मान्य नहुने बताएपछि प्रचण्डले ‘सरकार बनाउने अरु पनि उपाय छन्’ भन्दै बैठक छाडेर बाहिरिएको कांग्रेसका ती नेताले जानकारी दिए ।


बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकबाट निस्केका प्रचण्ड विपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुुगे पछि गठबन्धन भत्किएको हो भन्ने चर्चा समेत सुुरु भएको छ । अहिले बालकोटमा प्रचण्ड–ओलीबीच भेटवार्ता भइरहेको छ ।


नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘पावर सेयरिङ्ग’मा कुरा नमिलेपछि माओवादी अध्यक्ष प्रचण्ड बालकोटतर्फ लागेका हुन् । माओवादीले आलोपालोमा पहिलो चरणको प्रधानमन्त्री दाबी गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्