यसरी सफल भयो ‘ओली रणनीति’
काठमाडौँ–काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले दुईवटा महत्वपूर्ण विषयमा भाषण गरे । उनले देश मध्यावधि निर्वाचनमा जान सक्ने र माओवादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना सकिएको उद्घोष समेत गरेका थिए ।
प्रधानमन्त्री पदका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको दाबी कायमै रहे तत्काल सरकार गठन हुन नसक्ने अध्यक्ष ओलीले जिकिर गरे ।
उनको उक्त भनाइपछि माओवादी र एमालेबीच हुने भनिएको सत्ता समीकरणको सम्भावना पनि सकिएको हुन सक्ने राजनीतिक वृत्तमा चर्चा भइरहेको बेला दुवै पार्टीका दोस्रो तहका नेताहरू भने वाम सरकारको पक्षमा छन् ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘पावर सेयरिङ’मा कुरा नमिलेपछि माओवादी अध्यक्ष प्रचण्ड बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग नया समीकरणबारे छलफल गरेका हुन् । माओवादीले आलोपालोमा पहिलो चरणको प्रधानमन्त्री दाबी गर्दै आएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नयाँ सरकारको प्रधानमन्त्री बन्ने लगभग पक्का भइसकेका छन् । एमाले सहित दलहरुको समर्थमा प्रचण्ड प्रधानमन्त्री बन्ने भएका हुन् ।
प्रचण्डको नेतृत्वमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत र उन्मुक्ति पार्टी सम्मिलित सरकार बन्ने सहमति भएको हो । कांग्रेसले पहिलो कार्यकालको प्रधानमन्त्री दिन नमानेपछि प्रचण्ड एमाले अध्यक्ष ओलीको निवास बालकोट पुगेर नया सहमति गरेका हुन् ।
ओलीको रणनीति
ओलीले निर्वाचनअघि कांग्रेसका महामन्त्री गगनकुमार थापालाई ‘प्रधानमन्त्री’को एजेन्डा लिएर निर्वाचनमा जाने सल्लाह दिएको कांग्रेसकै नेताहरूले आरोप लगाउँदै आएका छन् । थापाले पनि ओलीकै सल्लाहअनुुसार ‘मिसन पिएम’ फन्डा लिएर निर्वाचनमा होमिए । त्यही मिसनले उनले निर्वाचन समेत जिते । निर्वाचनमा पनि थापाले प्रधानमन्त्रीका लागि ससदीय दलको नेतामा उठे पनि हारे ।
ओलीले थापालाई जस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पनि निर्वाचनअघि नै केही छलफल गरेका थिए । ओलीकै रणनीतिका कारण काठमाडौं–४ मा रास्वपाले उम्मेदवारी नदिएको एमालेभित्र प्रश्न समेत उठेको थियो ।
यस्तै, ओलीले दुई वर्ष अघि मात्र माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिने सार्वजनिक रुपमै बोलेका थिए । उनले गठबन्धन छाडेर आए एमाले उनको नेतृत्वमा सरकारमा जाने समेत बताएका थिए । त्यति मात्र होइन ओली–प्रचण्डबीच शीतल निवासमा समेत ‘साइड टक’ भएको थियो । उक्त ‘साइड टक’मा ओलीले पटक–पटक प्रचण्डसँग गफ गरेका थिए । ओली यस्तो गर्नुको मुुख्य कारण भनेको देउवा–प्रचण्डबीच गठबन्धनमा शंका पैदा गराउनु थियो ।
एक महिनाअघि ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई झापाबाट फोन गरेका थिए । झापामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिन पुगेका ओलीले मिलेर अघि बढ्न आग्रह गदै प्रचण्डलाई फोन गरेका थिए ।
ओलीले निर्वाचनको परिमाण सार्वजनिक हुँदै गर्दा प्रचण्डलाई फोन गरेर एमालेसँग सहकार्य गर्न अप्रत्यक्ष रुपमा आग्रह गरेका थिए । ओलीले प्रचण्डलाई गोरखाबाट निवार्चित भएपछि बधाई दिन पनि फोन गरेका थिए ।
पछिल्लो समयमा ओली स्वम्ले सरकारको नेतृत्व गर्ने विकल्पकचो खोजीमा थिए । एमालेले कोसँग मिलेर सरकार बनाउँछ भन्ने एकिन थिएन । तर आइतबारको राजनीतिक परिदृश्यले सत्तासमीकरणमा ओली रणनीति काम लाग्ने सम्भावना भने बलियो देखिन्छ ।
एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २० र जसपासँग १२ जना सांसद छन् । भने, एमालेसँग संवादमा रहेको राप्रपासँग १४ सीट छ । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिन्छ ।