'प्रचण्ड' तेस्रो पटक प्रधानमन्त्री, शपथ भोलि ४ बजे
काठमाडौ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन्।
आइतबार राष्ट्रपति कार्यलयबाट जारी प्रेस विज्ञप्तीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालकाे संविधानकाे धारा ७६ (२) बमाेजिम ‘प्रचण्ड’लाइ नेपालकाे प्रधानमन्त्रीकाे रूपमा नियुक्त गरेकी छन् ।
राष्ट्रपति कार्यालयका अनुसार उनकाे नियुक्तिसँगै प्रचण्डको शपथ सोमबार दिउँसो चार बजे राष्ट्रपति निवास शितल निवासमा हुनेछ। सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका हुन्।
बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्रीमा सहमति नजुटेपछि आइतबार दिउँसो बालकोटमा एमाले र माओवादी केन्द्रलगायतका दलहरुबीच 'प्रचण्ड'लाई प्रधानमन्त्री बनाउने सहमति जुटेको हो । 'प्रचण्ड'को नेतृत्वमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेकाे छ ।