प्रचण्डको राजनीतिक यात्राः जनयुुद्धदेखि तेस्रो पटक प्रधानमन्त्रीसम्म
काठमाडौँ– प्रतिनिधि सभा निर्वाचन, २०७९ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचन्ड’ गोरखा–२ बाट २६,१०३४ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । उनी यो विजयीसँगै तेस्रो पटक सासंद भएका हुन् ।
प्रचण्ड तस्रो पटक एमाले र एमाओवादीसहित कम्तीमा ५ वटा दलको सहयोगमा प्रधानमन्त्री भएका छन् । उनले १४७ सांसदको हस्ताक्षर लिएर प्रधानमन्त्रीका लागि राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीका लागि दाबी पेस गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालकाे संविधानकाे धारा ७६ (२) बमाेजिम ‘प्रचण्ड’लाइ नेपालकाे प्रधानमन्त्रीकाे रूपमा नियुक्त गरिन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ०६५ साल भदौ २ गते पहिलोपटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । पहिलो सविधान सभाको निर्वाचनमा माओवादी पहिलो पार्टी भएपछि उनी लोकतन्त्रको पहिलो नै प्रधानमन्त्री बने । प्रचण्डले पहिलो पटक रोल्पाबाट सासंद बनेका थिए । त्यतिबेला उनकाे सरकारलाई नेकपा (एमाले), मधेशी जनअधिकार फोरमको समर्थन थियो । कटुवाल प्रकरणमा राष्ट्रपति रामवरण यादवले रुक्माङ्गद कटुवाललाई प्रधानसेनापतिमा थमौती गरेको पत्र दिएपछि उनले राजीनामा दिएका थिए ।
यस्तै, २०७३ साल साउन १९ गते दोस्रो पटक प्रचण्ड तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आलोपालो सरकारको प्रधानमन्त्री भएर नौ सरकार चलाएका थिए । दोस्रोपटक उनी सिराहा–५ बाट निर्वाचित भएका थिए ।
२०४६ सालको जनआन्दोलनपछि तत्कालीन चार कम्युनिस्ट पार्टीहरू ‘मशाल’, चौथो महाधिवेशन, सर्वहारावादी श्रमिक सङ्गठन र विद्रोही मसाल मिलेर बनेको एकता केन्द्रको समेत प्रचण्ड महामन्त्री बनेका थिए । त्यसपछि २०५१ सालमा फेरि एकताकेन्द्र छुट्टीएर दुई चिरा भएपछि प्रचण्ड समूहचाहिँ नेकपा माओवादीका रूपमा देखा पर्यो, जसले एक वर्षपछि सशस्त्र विद्रोह थालेको थियो । त्यसको कमान्डर थिए उनै प्रचण्ड ।
०५२ मा ‘जनयुद्ध’ थाल्नुभन्दा केही समयअघि गोरखाकै गाईपुरमा प्रचण्डले तालिमको अभ्यास गरे । १० वर्षका समयमा लडाइँका मोर्चाहरू तयार पार्नेदेखि आक्रमणका योजना बनाउनेसम्म काम गरे पनि उनी प्रत्यक्ष लडाइँमा भने सहभागी भएनन् ।
बिस्तृत शान्ति सम्झौता दश वर्षभन्दा लामो नेपाली गृहयुद्लाई अन्त्य गरेको घोषणा गर्दै नेपाल सरकार र नेकपा माओवादीले २०६३ मंसिर ५ गते हस्ताक्षर गरे । तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । शान्ति सम्झौतामा हतियार, हत्या, हिंसा र आतंकको राजनीति समाप्त भएको घोषणा गरिएको थियो । प्रचण्ड शान्ति सम्झौता भएयता राजनीतिक शक्ति केन्द्र रहदै आएका छन् ।
सरकार बनाउन र गिराउने जस्तो महत्वपुर्ण निर्णय समेत १४ वर्षयता उनकै हातमा रहेको छ । दोस्रो सविधान सभाको निर्वाचनपछि माओवादी केन्द्र तेस्रो पार्टी भएपनि सत्ताको चाबी उनै हुने गरेको छ ।
एमाले अध्यक्ष केपी ओली २ पटक र तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा २ पटक माओवादीकै सहयोगमा प्रधानमन्त्री र सरकारको नेतृत्व गरेका छन् ।
२०४५ चैत्र १९ गते काठमाडौंको त्रिपुरेश्वरमा रहेको राजा त्रिभुवनको शालिकमा कालो पोतियो र केही प्रहरी चौकीहरूमा मशालले आक्रमण गर्यो । पञ्चायतको चुनावलाई असफल बनाउन २०४५ चैत्र १९ गते घटाइएको सोही काण्डलाई सेक्टर काण्ड नामले प्रचण्डलाई चिनिन्छ ।
प्रचण्डले राजनीतिक जीवनको आरम्भ तत्कालीन पुष्पलाल श्रेष्ठको समूहमा २०२८ सालमा प्रवेश गरे । भक्तबहादुर पार्टीको महामन्त्री हुनेबेला प्रचण्ड क्षेत्रीय ब्युरो सदस्य पदमा कार्यरत थिए । ०३९ सालतिर निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद आएपछि प्रचण्ड त्यसबेला मोहनविक्रमतिर लागे । उनले त्यति बेला लामाको चुनावप्रतिको मोह भएका कारण उनको समूह छाडेर मोहनविक्रमतिर लागेकमो प्रचण्डले विभिन्न अन्तरवार्तामा बताएका छन् ।
२०६२ फागुन २ गतेको ‘जनादेश’मा अन्तर्वार्तामा प्रचण्डले अन्तरर्वार्ता दिदै भनेका थिए । देशमा राजनीतिक खेल धेरै भयो । यो खेल रोक्न माओवादी जनयुुद्ध चलिरहेको उनले ‘जनादेश’सँगको कुराकानीमा भनेका थिए । उनको यो अन्तरर्वार्तामा उनको तस्वीर सार्वजनिक गरिएको थिएन ।
दाहालको जन्म कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं–२ लिवाडेमा २०११ साल मंसिर २६ गते भएको थियो । उनी पिता मुक्तराम दाहाल र माता भवानीदेवी दाहालको कोखबाट जेष्ठ पुत्रका रूपमा जन्मेका थिए । प्रचण्डको बाल्यकालको नाम छविलाल दाहाल थियो ।