राष्ट्रपतिका उम्मेदवार : ओलीका सुुवास, भण्डारीका ईश्वर !
काठमाडाैँ - नेकपा माओवादी केन्द्रसहित साना दलहरुसँग सत्ता भागबण्डामा नेकपा एमालेले राष्ट्रपति पद पाएको छ । जसमा दुई जना नेताको नाम चर्चामा छ ।
अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई राष्ट्रपति बनाउन सक्ने सम्भावनाका रुपमा हेरिएको छ । तर, एमालेभित्र ओलीले नेम्वाङलाई राष्ट्रपति बनाउन अघि सार्दा राष्ट्रपति विद्या भण्डारीले पोखरेललाई भावी राष्ट्रपतिका रुपमा अगाडि सार्ने सम्भावनासमेत छ ।
राष्ट्रपति भण्डारीलाई एमाले महासचिव शंकर पोखरेलले पनि सहयोग गर्ने एमाले स्रोतले जनाएको छ । एमाले स्रोतका अनुसार, राष्ट्रपति निर्णायक भूमिकामा रहने भएका कारण पनि अध्यक्ष र राष्ट्रपतिले आफूनिकट नेता राष्ट्रपति बनाउन एमालेमा होडबाजी चल्ने देखिन्छ ।
राष्ट्रपति भण्डारीले आफूनिटक नेतालाई राष्ट्रपति बनाउन ओलीलाई दबाब दिने सम्भावना रहेको ती नेताको भनाइ छ । ‘भण्डारी तेस्रोपटक राष्ट्रपति बन्न नपाउने भएका कारण पनि उनले उनी निकट व्यक्ति राष्ट्रपतिमा ल्याउन खाेजेकी छन। जसका कारण अध्यक्ष र राष्ट्रपतिबीच विवाद हुनसक्छ।' उनले भने, ‘संविधानसभाका अध्यक्ष र सभामुखमा लामो समय काम गरेका नेम्वाङले आफै पनि उक्त पदमा जान खोजिरहेका छन् । त्यही भएर अध्यक्ष ओली उनैलाई राष्ट्रपति बनाउने पक्षामा छन।’
राष्ट्रपति पदमा एमाले नेतृ अष्टलक्ष्मी शाक्यकाे नाम पनि चर्चामा छ । तर, शाक्य तेस्रो विकल्पमा राष्ट्रपति हुन् सक्छिन् । राष्ट्रपति भण्डारी र शाक्य सम्बन्ध राम्रो नभएका कारण उनको सम्भावना कम रहेको एमाले स्रोत बताउँछ।
२०७४ कै जस्तो मोडलमा राष्ट्रपति एमाले र उप–राष्ट्रपतिमा टुङगो लागेको छैन । सभामुख, प्रधानमन्त्रीसँग आलोपालो गर्ने सैद्धान्तिक सहमति जुटेको छ । तर, नेकपा एकीकृत र एमाले एकीकरण भए माधव नेपाल पनि राष्ट्रपति बन्ने सम्भावना रहेको एमालेका एक नेताले बताए । उनका अनुसार, राष्ट्रपति भण्डारीले पछिल्लो समयमा एमाले र एसलाई एकीकरण गर्ने प्रयास गरिरहेकी छन। यदि एससँग एकीकरण भए माधव र नेम्वाङमध्ये एक जना राष्ट्रपति बन्ने सक्ने सम्भावना छ ।
नेम्वाङले नेकपा एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन वार्ता भइरहेको बताएका छन् ।माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्दै शितल निवास पुगेका नेम्वाङले गठबन्धनमा केही स्वतन्त्र सांसदलाई पनि ल्याउने र त्यसमा नेकपा एस पनि सरकारमा आउने जानकारी गराएका थिए ।
सांसदको ८७ र प्रदेश सांसदको ५३ भएको छ । जनसंख्या अनुसार मतभार तय गरिन्छ । जसअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा कुल मतभार ५८ हजार २०८ हुन्छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरु मतदाता हुन्छन् । मतभार भने फरक–फरक हुन्छ ।
अघिल्लो पटक संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ थियो । यसपटक बढेर संघीय सांसदको ८७ र प्रदेश सांसदको ५३ भएको छ । जनसंख्या अनुसार मतभार तय गरिन्छ । जसअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा कुल मतभार ५८ हजार २०८ हुन्छ ।