Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल लगातार तेस्रो पटक पराजित

आइतबार, पुस १०, २०७९

काठमाडौँ– बङ्गलादेशमा जारी बङ्गबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेपाल पराजित भएको छ ।

 

ढाकामा भएको खेलमा नेपाललाई आयोजक बङ्गलादेशले ०–३ को सोझो सेटमा हराएको हो । बङ्गलादेशले नेपाललाई पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र  तेस्रो सेट २५–१३ ले हराएको हो ।  प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । 

 

यसअघि भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ०–३ को सोझो सेटमा पराजित भएको थियो । त्यस्तै, दोस्रो खेलमा श्रीलङ्कासँग ०–३ को सोझो सेटमा पराजित भएको हो । 

 

अब बङ्गलादेशले उपाधिका लागि किर्गिस्तानसँग खेल्नेछ । पराजित नेपालले भने अब तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्नेछ । च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलङ्काको सहभागिता रहेको छ । –रासस

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  २१:३८
प्रतिक्रिया दिनुहोस्