Nic Ad Nic Ad
Nic Ad Nic Ad

दक्षिण अफ्रिकामा ग्यास विस्फोटमा मृत्यु हुनेको संख्या १५ पुग्यो

आइतबार, पुस १०, २०७९

दक्षिण अफ्रिकाको बोक्सबर्गमा भएको ग्यास विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार बिहानसम्म १५ पुगेको स्वास्थ्यमन्त्री जो फाहलाले आइतबार जानकारी दिएका छन् ।

 

जोहानेसबर्ग– शनिबार बिहान ग्यास बोकेको ट्रक गौतेङ प्रान्तको बोक्सबर्गको तल्लो पुलमुनि अड्किँदा आगलागी र विस्फोट भएको थियो ।

 

घटनास्थलबाट सय मिटर टाढा रहेको ताम्बो मेमोरियल अस्पतालका २४ बिरामी र १३ कर्मचारी घाइते भएका छन् । घाइतेहरूमध्ये एक चालक र दुई नर्सको मृत्यु भएको बताइएको छ ।

 

विस्फोटबाट अस्पतालको संरचनामा क्षति पुगेको छ । दुर्घटनाबारे अनुसन्धान जारी छ । –रासस÷सिन्ह्वा

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  २१:५४
प्रतिक्रिया दिनुहोस्